रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको परिक्षण सफल

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ स्थित कालीगण्डकी नदीको पानी तानेर सुन्दरचौरको डाडामा उकालिएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना मार्फत कालीगण्डकीको किनारमा रहेको इनारबाट सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ टंकीमा पानी पु¥याइएको हो ।

कालीगण्डकीको किनारमा निर्माण भएको १० मिटर गहिरो इनारमा २५ हर्स पावर क्षमताको पम्प जडान गरेर दुई सय ५० मिटर माथि सुन्दरचौरको टंकीमा पानी तान्ने कार्यको शुक्रबार परिक्षण सफल भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताउनुभयो ।

Shreekrishna

विद्युतीय उपकरणको सहायताले सात सय ५० मिटर पाइपलाइन मार्फत कालीगण्डकीबाट प्रति सेकेण्ड पाँच लिटरका दरले पानी आपुर्ति भएको छ । सुन्दरचौरको टंकीबाट थप एक सय मिटर माथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकबाट पुग्ने पानी दुई तर्फ वितरण गर्ने संरचना तयार भएको छ ।

Gunasthariya Shiksya

रत्नेचौरमा खानेपानी आपुर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ टंकी र सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप एक सय मिटर माथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को टंकीमा पानी आपुर्ति गराउने संरचना निर्माण भएको छ ।


एक हजार सात सय मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन तथा दुई सय ३३ घरमा धारा निर्माण भइसकेको छ । दुई तहको पानी तान्ने उपकरण र धारा जडान सकेर आगामी असोज महिनादेखि रत्नेचौरबासीको घरघरमा खानेपानी वितरण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताउनुभयो ।

रत्नेचौरमा बि.स २०३५ सालमा निर्माण भएको खानेपानी आयोजना जिर्ण र अब्यवस्थित भएको थियो । जिर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपुर्ति हुन सकेको थिएन् । वि.स. २०७६ असार २४ गते ठेक्का सम्झौता गरेको प्राकृतिक–प्रदिप जुम्ली जेभीले हालसम्म रु. दुई करोड ३० लाखमा आयोजनाको भौतिक संरचनाहरु निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ ।

विद्युत जडान, खानेपानी धाराका सामग्री खरिद सहित हालसम्म रु. तीन करोड १८ लाख खर्च भएको योजना सम्पन्न गराउन आगामी आर्थिक वर्षमा रु. ३५ लाख बजेट बिनियोजन भएको छ । मुहानको समस्या र निर्माण व्यवसायीको ढिलासुस्तिले थलिएको योजनालाई जनप्रतिनिधी, उपभोक्ता, कार्यालयको पहलमा लयमा फर्काएर सम्पन्न हुने चरणमा पुगेको वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...