
बेनी, । म्याग्दी बहुमुखी क्याम्पसले आर्थिक वर्ष ०८१÷८२ मा विभिन्न संकाय र तहमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक तथा वाहृय श्रोतवाट गरी रु. २१ लाख ८१ हजार पाँच सय ५० छात्रवृत्ति वितरण गरेको छ ।
क्याम्पसले पछिल्लो पटक विहिवार एक समारोहगरी स्नातक तह विविएस, वि एड र विए तेस्रो र चौथो वर्ष, विआइसिटीइ तेस्रो, पाचौं र छैठौं सेमेस्टर र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई रु. पाँच लाख चार हजार छ सय ५० छात्रवृत्ति वितरण गरेको हो । बिहिबारको सहित चालु वर्ष मात्र आन्तरिक श्रोतबाट रु. १६ लाख ११ हजार पाँच सय ५० छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

त्यस्तै गरी क्याम्पसले चालु आवमा छुट्टै विभिन्न दाताले स्थापना गरेको अक्षय कोष, विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त छात्रवृत्ति गरी स्नातक तह प्रथम वर्षका २६ जना, दोस्रो वर्षका ४ जना, र स्नातकोत्तर तर्फ २ जना गरी कुल ३२ जना विद्यार्थी ५ लाख ७० हजार रुपैयाा छात्रवृत्ति वितरण गरेको छ ।

त्यसबाहेक क्याम्पसले विपन्न र टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई मासिक रु. चार हजार शुल्क लिएर खानावस्ने सुविधा पनि दिादै आएको छ । क्याम्पसले छात्रवृत्तिमा छनौट हुनका लागि आन्तरिक परिक्षामा उत्तिर्ण भएका, अध्ययनरत तहमा प्रवेश गर्दाको सर्टीफिकेटको उत्र्तिणाङ्कलाइ आधार मानी श्रेणी छुट्टाएर छात्रवृत्ति योग्य छान्ने गरेको छ ।
