
बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा बुधबार दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र बिकको पहिरोमा पुरिएर मृत्यु भएको र उनका छोरा अन्दाजी १२÷१३ वर्षका सरोज विक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर उनिहरुलाई पुरेको हो । वेपत्ताको खोजीका लागि जनप्रतिनिधी, स्थानीयबासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीहरुको टोली घटनास्थलमा खटिएका छन् ।
