श्रेष्ठ दाजुभाइद्धारा जेष्ठ नागरिक र बिद्यार्थीलाई न्यानो कपडा

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–७ संगमचोकका एक परिवारलाई गलेश्वर स्थित जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक र बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुभएको छ ।

संगमचोकका धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसल ब्यवसाय गरेका सुविन श्रेष्ठ, विपिन श्रेष्ठ र सविन श्रेष्ठले गलेश्वर बृद्धाश्रममा रहेका बृद्धबृद्धा, संस्कृत बिद्यालयमा अध्यनरत विद्यार्थी लगायतलाई जाडोमा लगाउने ७५ थान ज्याकेट ( न्यानो कपडा) वितरण गर्नुभएको ।

Bhautik ministry notice about road

बाल चर्तुदर्शी पर्वको अवसर पारेर कपडा बितरण गरेको श्रेष्ठले बताउनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका सुबिन श्रेष्ठ र उहाँका परिवारका सदस्यहरुले गलेश्वरमा पुगेर कपडा बितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

उहाँहरुले यस अघिपनि विभिन्न समयमा आश्रममा सहयोग गर्दै आउनुभएको छ । सहयोगप्रति बृद्धबृद्धाले श्रेष्ठ परिवारलाई धन्यवाद दिएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...