गलेश्वर र राहुघाटमा बाढी नियन्त्रण योजना

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, राहुघाट नदीको कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी कोरिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि रु. तीन करोड ३९ लाख ८६ हजार आठ सय २३ को लागतमा नदी किनारमा ‘कम्पोजित’ प्रबिधिको पर्खाल गरेको हो ।

पर्खाल निर्माण भएपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तिमा बाढी र कटानको जोखिम न्युनीकरण भएको बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

राहुघाट नदी किनारमा राहुघाट बस्तितर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वर तर्फ ८५ मिटर ‘कम्पोजित’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुन महिनादेखि शुरु भएको योजना निर्धारित समयभित्रनै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाई भएको तीन÷तीन मिटर अग्लो कंक्रिट र त्यसमाथी छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ ।

रु. चार करोड ७२ लाख ३७ हजार चार सय ६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधी शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नु अघिनै तटबन्ध गरेको बताउनुभयो ।

बेनी–गलेश्वर सडक अन्तर्गत जलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भइरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...