
तिप्ल्याङ, । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका शिक्षकहरुका लागि विद्यालय स्तरको पाठ्यक्रम प्रबोधीकरण एवम् एकिकृत पाठ्यक्रम सम्बन्धी तीन दिने कस्टुमाइज तालिम सञ्चालन भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईसँगको समन्वयमा अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको संयुक्त आयोजनामा रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङको कालिका माविमा तालिम सञ्चालन भएको हो । बुधबारदेखि शुरु भएको तीन दिने तालिममा दुई वटा स्थानीय तहका ३० जना शिक्षकहरु सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बिदुर शर्माले बताउनुभयो ।

