घोरेपानीका होटल पुष १ गतेबाट खुल्ने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरेपानीका होटल आगामी पुष १ गतेदेखि खुल्ने भएका छन् ।

अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरेपानीको टोल सुधार समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि गत चैत महिनादेखि घोरेपानीमा पर्यटक आगमन र होटल बन्द गरिएको थियो ।

पर्यटन ब्यवसायलाई चलायमान बनाउन देशका अन्य ठाउँमा होटल तथा रेष्टुरेष्ट खुला गरिएसँगै घोरेपानीमा पनि पर्यटक आगमन खुल्ला र होटल सञ्चालन गर्ने निर्णय गरेको टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘आर्थिक गतिबिधिलाई चलायमान बनाउन र पर्यटन ब्यवसायलाई पुरानै लयमा फर्काउन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल खोल्ने निर्णय गरेका हौ,’ उहाँले भन्नुभयो ‘पर्यटकहरुलाई घोरेपानी, पुनहिल भ्रमण खुला गरिएको छ ।’

समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घरमा पर्यटक स्तरका होटल सञ्चालन भएका छन् ।

घोडेपानी नजिकको पर्यटकीय स्थल पुनहिलमा पनि पर्यटकका लागि खुलाइने भएको छ । विगतका वर्षमा असोज, कात्तिक, चैत र बैशाखमा घोडेपानीमा पर्यटकको घुइँचो लाग्दथ्यो । सुर्योदय, हिमशृङखला, पहाडी भूगोल, गुरासे जंगल, मगर संस्कृतिको अवलोकनका लागि घोडेपानीमा पर्यटक आउने गर्छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...