एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अन्नपूर्ण गाउँपालिकाको पुरस्कार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरेबगर, । माध्यमिक शिक्षा परिक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार नगद सहित पुरस्कृत गरेको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरमा २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण हुने तीनजना विद्यार्थीलाई जनही रु. २४ हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।

वडा नम्बर ६ घार स्थित मुक्तिमार्ग माविबाट एसइईमा सहभागी ललिता खड्काले ३.८० जिपिए, वडा नम्बर १ को कैलाश मावि दोबाकी युना राम्जालीले ३.७१ जिपिए र सुजता राम्जालीले ३.६५ जिपिए ल्याएका अन्नपूर्णका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna

गाउँपालिकाले बनाएको कार्यविधि अनुसार उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी छनौंट गरी सम्मान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेल, गाउँ कार्यपालिकाको सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी लगायतले उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्नुभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विद्यार्थीलाई हौसला प्रदान गर्न गाउँपालिकाले विगत दुईवर्ष देखि एसइईमा सहभागी भएर उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गर्ने गरिएको बताउनुभयो ।

आगामी आर्थिक वर्ष देखि एसइई परीक्षा उत्तीर्ण गरी गाउँपालिकाकै विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई नगद रु. १० हजार र प्राविधिक धारतर्फ भर्ना हुने विद्यार्थीहरुलाई नगद रु. १५ हजार छात्रवृत्ती प्रदान गर्ने कार्यक्रम राखिएको अध्यक्ष पुनले बताउनुभयो ।

यसैगरी प्रदेश र राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेर पदक प्राप्त गर्ने पाँचजना खेलाडीहरुलाई पनि नगद सहित गाउँपालिकाले सम्मान गरेको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुक्तिमार्ग मावि घारमा अध्ययनरत उसुका खेलाडीहरु आनन्द बरुवाल, सलिना बरुवाल, विशाल बरुवाल, प्रकृति खड्का र बेबिका बरुवाललाई क्रमशः नगद १० हजार, पाँच हजार र तीन हजारका दरले पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ ।

गाउँपालिकाबाट यसवर्ष एकसय २८ जना एसइईमा सहभागी भएकोमा ९२ जना उत्तीर्ण भएको शिक्षा शाखा संयोजक कटुवालले बताउनुभयो । उहाँका अनुसार प्राविधिक धार तर्फ प्रभा मावि नारच्याङका शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...