सोलेडाडाको सिमाना बिवाद समाधानका लागि दुई बुदे सहमति

Gandaki Ghumau

बेनी, ः सोलेडाडाको विषयमा म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका बीचको बिवाद समाधानका लागि दुई बुुदे सहमति भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा भएको दुई जिल्लाका सरोकारवालाहरुको बैठकबाट बिवाद समाधानका लागि सहमति भएको हो ।

दुुई वटै पालिकाहरुले तत्काललाई सोलेडाडामा पूर्वाधार निर्माण कार्य स्थगित गर्ने र विज्ञ समिति गठन गरेर सिमानाको टुङ्गो लगाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समिति म्याग्दीका शाखा अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

दुई हजार छ सय ३० मिटर उचाइमा दुई वटै पालिकाको वडा नं. ४ को सिमानामा रहेको सोलेडाडा हिमाल, सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ । सोलेडाडामा तमानखोलाले शहिद स्मृति पार्क, चौतारी, लव पोखरी, धारा, शौचालय लगायतको संरचना निर्माण गरिसकेको छ भने मालीका गाउँपालिकाले जेठ अन्तिम सातादेखि प्रवेशद्धार बनाउन थालेपछि तमानखोलाका बासिन्दाले भत्काएपछि बिवाद बढेको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

असार ५ गते भएको बैठकमा सहमति नजुटेपछि सोमबारका लागि पुन बैठक बोलाईएको थियो । जिल्ला समन्वय समिति म्याग्दीका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा भएको बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुुर जुग्जाली, बागलुङका जिसस प्रमुख अमर थापा, तमानखोलाका अध्यक्ष जोकलाल बुढा, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, बागलुङका प्रमुख जिल्ल अधिकारी कुमानसिङ गुरुङ, म्याग्दीका प्रजिअ गुरुदत्त ढकाल लगायत सुरक्षा अधिकारीहरुको उपस्थिति थियो ।

मालिका गाउँपालिकाको नापी विभागको नक्साको आधारमा सोलेडाडा म्याग्दीको भुगोलमा पर्ने दावी छ । भोगचलन गरेको आधारमा सोलेडाडा बागलुङमा पर्ने दावी तमानखोलाको छ । तमानखोला गाउँपालिका हुदै सोलेडाडातर्फ संघीय र प्रदेश सरकारको रु. ३० करोड बजेट साझेदारीको योजना शुरु हुदैछ् ।

मालिका गाउँपालिका ३ अदिभारा देखि डाडागाउँ हुदै सोलेडाडा जोड्ने रु. १० करोड बजेटको सडक स्तरोन्नति योजना कार्यान्वयनमा छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागि सोलेडाँडा धेरैको रोजाइमा पर्न थालेको छ । उक्त स्थानबाट बागलुङ र म्याग्दीका धेरै गाउँसँगै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...