दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण

Shreekrishna hardware

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत पुुल निर्माण भएपछि यात्राअवधी छोटिएको छ । पुलबाट धवलागिरी.–३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित भएका धवलागिरी–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिएको छ,” उहाँले भन्नुभयो “दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज भएको छ ।”

उक्त पुल निर्माणका लागि २०८१ जेठ महिनामा रामकृष्ण कन्ट्रक्सनले रु. दुई करोड ३१ लाख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको थियो । गत माघ महिना देखि शुरु भएको पुल निर्माणको सबै काम शनिबार सकेर आवत जावतका लागि खुुल्ला गरिएको निर्माण कम्पनीका प्रतिनिधी प्रवेश सापकोटाले बताउनुभयो ।

विसं २०८२ को मंसिर महिनासम्मको म्याद भएपनि पर्याप्त जनशक्ति, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघिनै निर्माण सकेको उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...