नक्कली मह सहित भारतीय नागरिक पक्राउ

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका ८ कालीपुुलबाट नक्कली मह सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य सपौलका ३५ वर्षीय रुपचन्द धामीलाई १७ किलोग्राम र ५५ ग्राम मह जस्तो देखिने बस्तु (नक्कली मह) र नगद रु. एक लाख चार हजार सहित कालीपुुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Gunasthariya Shiksya

आइतबार पक्राउ परेका धामीलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध अन्तर्गतको कसुुरमा जिल्लामा जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट १० दिनको अनुुमति लिएर अनुुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

Shreekrishna

बिना इजाजत कमसल खालको मिसावट गरिएको खान योग्य नरहेको मह जस्तो बस्तु बेचबिखन गरेको भन्ने सूचनाको आधारमा प्रहरीले धामीलाई निगरानी र खानतलासी गरेको थियो । सो क्रममा उनले बिक्री गर्ने प्रयोजनका लागि दुईवटा सेतो पलास्टिक भित्र बाँधी राखेको अवस्थामा माहुरीको चाका जस्तो देखिने बस्तुहरु बरामद गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...