एसइई नतिजा ः म्याग्दीमा ६९.२७ प्रतिशत उतिर्ण

Shreekrishna hardware

बेनी, । वि.स. २०८१ को माध्यमिक शिक्षा परिक्षा (एसईई) मा म्याग्दीका ६९.२७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

गत चैत ७ गतेदेखि देशभर सञ्चालन भएको एसईई परिक्षामा म्याग्दीका ७६ वटा विद्यालयका एक हजार छ सय ८९ जना सहभागी भएका थिए । एक हजार एक सय ७० जना ग्रेडेड र पाँच सय १९ जना कक्षा ११ भर्ना हुनका लागि अयोग्य भएका शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।

साधारणतर्फ परिक्षामा सहभागी भएका मध्य ६९ दशमलब २७ प्रतिशत विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका इकाईका प्रमुख बिदुर शर्माले बताउनुभयो । तीन दशमलब ६० देखि चार जिपिए अंक ल्याउने विद्यार्थीको संख्या एक सय ३४ जना छ ।

Shreekrishna

तीन दशमलब २० देखि तीन दशमलब ६० जिपिए ल्याउने दुई सय ९६ जना, दुई दशमलब ४० जिपिए देखि दुई दशमलब ८० जिपिए ल्याएने दुई सय ४३ र दुई देखि दुई दशमलब ४० जिपिए ल्याउनेको संख्या २५ जना छ ।

प्राविधिक धारतर्फ पाँच वटा विद्यालयका ७३ जना सहभागी भएकोमा ५२ जना उतिर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ मंगला गाउँपालिका–५ छिसवाङको सारदा मावि, बेनपा–८ को बालमन्दिर मावि, बेनी नगरपालिका –१० पात्लेखेतको दिपक मावि र अन्नपूर्ण गाउँपालिका–६ को मुक्तिमार्ग माविका शत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

मुक्तिमार्गका २२, दिपकका ११, बालमन्दिरका १० र सारदाका २५ जना इसईई परिक्षामा सहभागी भएका थिए । साधारणतर्फ अन्नपूर्ण गाउँपालिका–५को पाउद्धार मावि र धवलागिरी गाउँपालिका–७ को ताकम माविको नतिजा शून्य छ । पाउद्धारका चार र ताकम माविका तीन जना उतिर्ण हुन सकेनन् । उज्यालो बैकल्पिक र खुल्ला विद्यालयको नतिजा पनि शुन्य छ । ताकम माविको प्राविधिक धारतर्फ २० जना मध्य आठ जना उतिर्ण भएका छन् ।

Ban devision notice

जनजागृति माविले चार दशमलब ७६, हिमाञ्चल माविले २३ दशमलब ०८, राष्ट्रिय मावि रुमले ३२ दशमलब ७९, जयन्ति माविले ३५ दशमलब ७१, ओखरबोट माविले ३३ दशमलब ३३, जनविकास माविले १०, किसानी चन्द्रकुन्ता माविले ३३ दशमलब ३३, वुद्धि विकास मावि मुदीले चार दशमलब ३५, गौवोमबस्त माविले २४, लमसुङ माविले १०, जनकल्याण मावि गुर्जाले २३ दशमलब ५३, रितुङ माविले २५, निस्कोट माविले १८ दशमलब ७५, चन्द्रज्योती मावि खिवाङका १८ दशमलब ७५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

पालिकागत हिसाबले एसईई नतिजामा धवलागिरी गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ । धवलागिरीका ११ वटा विद्यालयका दुई सय जना परिक्षामा सहभागी भएकामा ५७ जना अथवा २८ दशमलब पाँच प्रतिशत मात्र उतिर्ण भएका छन् ।

बेनी नगरपालिकाका सात सय ४६ जना मध्य छ सय ४२ जना उतिर्ण भएका छन् । गत वर्ष ५५ दशमलब ३१ प्रतिशत उतिर्ण भएकामा यसपाली ८६ दशमलब ०५ प्रतिशत उतिर्ण भएका नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

धवलागिरी गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं. ३ का अध्यक्ष देवेन्द्र रोकाले गत वर्षको तुलनामा नतिजा सुधार भएपनि सन्तोषजनक नभएको बताउँदै सुधारका लागि छलफल र प्रयास गर्ने बताउनुभयो ।

विद्यार्थीहरु धेरै समय मेलाजात्रा र खेलकुद प्रतियोगितामा भुल्ने, मोवाईल र इन्टरनेटमा बढी समय दिने, पढाईमा ध्यान नदिने समस्याका कारण एसइई नतिजामा अपेक्षाकृत सुधार हुन नसकेको हो ।

दरवाङ बोडिङ स्कुल, म्याग्दी एकेडेमी, लिटिल गार्डेन एकेडेमी, वुद्ध एकेडेमी, न्युन वेष्ट पोइन्ट आवासीय मावि र बेनि बोर्डिङका सतप्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । न्यु वेष्ट पोइन्ट आवासीय माविकी प्रकृति जिसी चार जिपिए ल्याउने म्याग्दीकी एक मात्र विद्यार्थी हुन् । उनिनै जिल्ला प्रथम पनि भएकी छिन् ।

वेष्ट पोइन्टले आइतबार बेनीमा अबिरजात्रा सहित ¥याली गरेको थियो । बेनी सामुदायिक माविले विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरेको छ । घारको मुक्तिमार्ग माविले पनि एसईई उतिर्ण विद्यार्थी र नतिजा ल्याउन योगदान गर्ने शिक्षकहरुलाई सम्मान गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...