एसइइ नतिजाले जलजलाको शिक्षामा सुुधारको संकेत

Shreekrishna hardware

बेनी । पर्वतको जलजला गाउँपालिकामा माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजामा सुधार आएको छ ।

२०८० को तुलनामा २०८१ को एसईईको नतिजामा सुधार आएको हो । अघिल्लो वर्ष ६१ दशमलब ९३ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा यस वर्ष ८५ दशमलब २० प्रतिशतले कक्षा ११ पढ्न पाउने न्युनतम जिपिए ल्याएर उतिर्ण भएका गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“गाउँपालिकाले शैक्षिक सुधारका लागि गरेको प्रयास र पहलमा शिक्षक, विद्यार्थी, अभिभावकले मेहनत गरेर साथ दिनुभयो,” उहाँले भन्नुभयो “यो वर्षको नतिजाबाट उत्साही भएका छौ । आगामी वर्षमा अझै उत्कृष्ट नतिजा ल्याउने प्रयासमा छौ ।”

Shreekrishna

२०७९ मा धेरै विद्यालयको एसइई नतिजा कमजोर थियो । गत वर्ष शूून्य नतिजा रहेको बाँसखर्कको ज्योतिमण्डल माविले यसपाली ८३ दशमलब ३४ प्रतिशत नतिजा ल्याएको छ । मल्लाजको विद्याज्योती माविको ६८ दशमलब ९७ प्रतिशतबाट बढेर ९७ दशमलब ८० प्रतिशत ल्याउँदा अमृत आदर्श बोर्डिङले गत वर्षको शत प्रतिशत नतिजालाई निरन्तरता दिएको छ ।

गत वर्ष ८६ दशमलब ६७ प्रतिशत नतिजा ल्याएको न्यु होराइजन आवासीय माविले यसपाली ९५ प्रतिशत उतिर्ण गराएको छ । गत वर्ष ४७ दशमलब ३७ प्रतिशत रहेको लेकफाँटको ग्रामप्रकाश माविको नतिजा यसपाली ९० दशमलब ३२ प्रतिशत आएको छ ।

Ban devision notice

गत वर्ष ६४ दशमलब २८ प्रतिशत नतिजा ल्याएको शालीजाको ज्योती माविको नतिजा यसपाली शूून्यमा झरेको छ । ज्योती माविका पाँच जना विद्यार्थी कम्प्युटर विज्ञानमा अनुतिर्ण भएका हुन् ।

शालीजा माविको नतिजा ४६ दशमलब १५ प्रतिशतबाट बढेर ५३ दशमलब ४४ प्रतिशत आएको छ । कृष्णभवन धर्म मावीको नतिजा ४१ दशमलब ६७ बाट बढेर ८५ दशमलब ७१ प्रतिशत आएको छ । फर्से धाइरीङ माविको ५५ दशमलब ५६ बाट बढेर ८५ दशमलब ७१ प्रतिशत नतिजा आएको छ ।

गत वर्ष ७८ दशमलब ९५ प्रतिशत नतिजा ल्याएको जनकल्याण माविले यो वर्ष शत प्रतिशत नतिजा ल्याएको छ । शिव माविको १७ दशमलब ६५ प्रतिशतबाट बढेर ७५ प्रतिशत आएको छ भने बनौ माविको नतिजा ८५ दशमलब ७१ बाट घटेर ६३ दशमलब ६३ प्रतिशतमा झरेको छ ।

एकिकृत परिक्षा प्रणाली अपनाएको जलजला गाउँपालिकाले हरेक कक्षाको पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएको छ । विद्यार्थीको सिकाई उपलब्धी पहिचान गर्न मासिक रुपमा कक्षागत परिक्षा सञ्चालन गरेको छ । कमजोर विद्यार्थीको नतिजा सुधारका लागि विषयगत शिक्षक मार्फत पहल गरिएको छ ।

अभिभावकसँग अन्तरक्रियाका साथै शिक्षकहरुको क्षमता विकास तालिम सञ्चालन गरेको अध्यक्ष आचार्यले बताउनुभयो । प्रत्येक वडामा लिडर बिद्यालय बनाएर त्यसले अन्य फिडर विद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रम गर्ने अभ्यास छ । आगामी वर्ष स्मार्ट विद्यालय बनाउने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...