
कुशल शर्मा
रत्नेचौर, । बेनी नगरपालिका –१ रत्नेचौरका विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शुक्रबार ट्याक सुट वितरण गरिएको छ । दलित सञ्जाल रत्नेचौरले बेनी नगरपालिका १ मा रहेका पाँच वटा विद्यालयमा ३० जनालाई एक÷एक सेट ट्याक सुट वितरण गरेको हो ।

रामचन्द्र माविमा ४ सेट, ज्ञानकुञ्ज आधारभूतमा तीन सेट, भानु मावीमा १० सेट, युवा वर्ष आधारभूतमा तीन सेट र उपल्लाचौर आधारभूतमा १० सेट ट्याक सुट वितरण गरेको सञ्जालका अध्यक्ष वुद्धविर किसानले बताउनुभयो ।
सञ्जालका अध्यक्ष वुद्धविर किसानले दलित बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले रु. ३० हजार मूल्य बराबरको ट्याक सुट वितरण गरेको बताउनुभयो ।
