अन्नपूर्णमा योजनाको स्थलगत भुक्तानी शिविर

Shreekrishna hardware

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ ।

गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिहरुलाई घुम्ति शिविर मार्फत वडा कार्यालयमा पुगेर भुक्तानी सम्बन्धी सेवा दिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनको नेतृत्वमा रहेको अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कडेल र लेखा अधिकृत नविन पौडेल सहितको टोलीले बिहिबार वडा नम्बर १ दोवामा घुम्ती शिविर मार्फत योजनाहरुको स्थलगत भुक्तानी सम्बन्धी सेवा दिएको छ ।

Shreekrishna
Ban devision notice

“गाउँपालिका कार्यालय आउन जान अपायक पर्ने उपभोक्ता समितिको सहजताको लागि हामीनै वडामा पुगेर स्थलगत अनुगमन, प्राविधिक मुल्याङ्कन र भुक्तानी सम्बन्धी सेवा दिन थालेका हौ,” उहाँले भन्नुभयो “वडाका जनप्रतिनिधी मार्फत आवश्यक कागजात र प्रतिवेदन तयार पारेपछि गाउँपालिकाबाट वडामै पुगेर भुक्तानी दिने नयाँ अभ्यास गरिएको हो ।”

चार वटा उपभोक्ता समितिले वडाबाटै भुक्तानी पाए । एक वटा उपभोक्ता समितिको बिल नमिलेपछि कागजात मिलाएर गाउँपालिकामा आउन सुझाव दिएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

गाउँपालिकाले यसअघि वडा कार्यालयमा पुगेर योजना सम्झौता र उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै आएको थियो । वडामै भुक्तानी सम्बन्धी सेवा पाउँदा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई पालिकाको केन्द्रमा पुग्ने झञ्जट हट्नुका साथै खर्च र समयको बचत भएको अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलिप कुमार गर्बुजाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय १२ वटा पूर्वाधार सम्बन्धी योजना सञ्चालन गरेको छ । ठेक्का बाहेकका अधिकांश योजना सम्पन्न भएका, केही सम्पन्न हुने चरणमा रहेका र केहीको काम भैरहेको उपाध्यक्ष तिलिजाले बताउनुभयो । वडा नं. ५ शिखमा पनि ५ भन्दा बढी योजनाको भुक्तानी गर्न बाँकी रहेको र वडामै जाने तयारी गरेको उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...