बेनी सामुदायिकमा कपाल काट्ने तालिम सम्पन्न

Shreekrishna hardware

बेनी ः विद्यार्थीहरुलाई सिप सिकाउन बेनी सामुदायिक माविमा सञ्चालन भएको कपाल काट्ने तालिम बिहिबार सम्पन्न भएको छ ।

बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम अन्तर्गत सञ्चालित तालिममा सहभागि विद्यार्थीहरुसँग नगर प्रमुख सुरत केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले कपाल काटेर तालिम समापन गर्नुभयो ।

Ban devision notice

कक्षा ८, ९ र ११ मा पढ्ने २५ जना विद्यार्थीहरुलाई उनिहरुको रुची अनुसार १५ दिने कपाल काट्ने तालिम सञ्चालन गरेको बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले बताउनुभयो । जेठ २६ गतेदेखि शुरु भएको तालिममा विद्यार्थीहरुलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने सिप सिकाउनुभयो ।

Shreekrishna

दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि दुई घण्टाका दरले सिप सिकाइएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा पलम्बीङ र २०७९÷०८० मा कपाल काट्ने तालिम सञ्चालन भएको थियो ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सिप सिकाएर विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई चालु आर्थिक वर्ष २०८१÷०८२ मा हामी सक्छौ, हामी गर्छौ कार्यक्रमका लागि रु. एक÷एक लाखका दरले बजेट बिनियोजन गरेको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका तीन सय तीस जना जना विद्यार्थीहरू सीपमूलक तालिममा सहभागी भएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...