
गोपाल आचार्य
ताकम, । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा १७ वटा विद्यालयले सहभागिता जनाएका थिए ।


प्रतियोगितामा जनजागृति मा.वि. मल्कवाङ प्रथम, हेम नमुना आवसीय मावि शिवाङ दृतीय, ताकम मावि तृतीय र धवलागरि एकेडेमी एण्ड बोडिङ स्कुल ताकम सान्तवना भएका थिए । प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमश रु. २५ हजार, २० हजार, १५ हजार र १० नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
धवलागिरी गाउँपालिकाका लेखा अधिकृत पुरुषोत्तम अधिकारी र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ख्यामराज सुवेदीले पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिका स्तरीय कक्षा ८ को आधारभूत तहको परिक्षामा उत्कृष्ट हुने धवलागिरी मावि मुनाका तिर्सना शेरपुञ्जा र स्टुडेन्ट्स भ्वाइब्स तथा बेनी अनलाइन प्रा.लीको बक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी किसानी चन्द्रकुन्ता मावि धारापानीकी उर्मिला सुवेदीलाई कर सहित नगद रु. पाँच हजार तीन सय ३३ का दरले पुरस्कृत गरिएको थियो ।
धवलागिरी मावि मुनाले आधारभूत विद्यालय स्तरीय परिक्षामा लगातार पालिका प्रथम भएको प्रअ रुपेश सुवेदीले बताउनुभयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडी र खेल शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
