गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याइँदै

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ।

हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यीकरण योजना सञ्चालित छ। योजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग सडकमा ढुङ्गा बिछ्याइने र किनारमा गमला राखेर फूलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष् मन्दिरले दुई–दुई लाख विनियोजन गरेका छन्। योजनाका लागि बेनीको ठेकेदार कम्पनीले रु २४ लाख ३६ हजार ५१ मा ठेक्का लिएको छ।

Shreekrishna

सडक सम्याउने, नाली र पर्खाल बनाएर भुईंमा ढलान र कालोपत्रको सट्टा दुई इन्स मोटा कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भइरहेको बेनी नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालले बताए। चालु आर्थिक वर्षको बजेटबाट गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ एक सय छ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याइनेछ। त्रिपन्न घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मुक्तिनाथ र मुस्ताङ आवतजावत गर्ने पर्यटक र भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले सुरु गरिएको सौन्दर्यीकरण योजनालाई आगामी आर्थिक वर्षमा पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष र अन्य सङ्घसंस्थासँग साझेदारी गरेर निरन्तरता दिने वडाध्यक्ष केसीले बताए।

गलेश्वर बजारभित्रका सडकमा ढुङ्गा बिछ्याएपछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था गरिनेछ। भुईंमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचना डिजाइन गरिएको छ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ। हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख छ। यो मन्दिरमा साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ। दैनिक नित्य पूजाआजा हुन्छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...