वनपैदावारमा आधारीत अल्लो कपडा बुनाई तालिम

Shreekrishna hardware

बेनी, । म्याग्दीको बेनीमा वनपैदावारमा आधारित अल्लो कपडा बुनाई सम्बन्धी तालिम शुरु भएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीले उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिसँगको समन्वयमा जेठ ४ गतेदेखि तालिम सञ्चालन गरेको हो । बेनी नगरपालिका–२ हाडेभिरको साझा सुविधा केन्द्रको भवनमा सञ्चालित तालिममा १० जना महिला सहभागी छन् ।

Shreekrishna
Ban devision notice

तालिमको उद्यमी नेकसरा पुनले सहजिकरण गर्नुभएको छ । तालिममा अल्लोको धागोबाट कपडा बुन्ने सिप सिकाइएको सहजकर्ता पुनले बताउनुभयो । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको परिचालन, सदुपयोग, उद्यमशिलताको विकास, रोजगारी सिर्जना र आयआर्जन वृद्धिको उद्देश्यले तालिम सञ्चालन गरिएको डिभिजन वन अधिकृत बिष्णु अधिकारीले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुको सिप अभिवृद्धिका लागि वन पैदावारमा आधारित तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा प्रशस्त मात्रामा पाइने चाल्ने सिस्नोको पुवालाई अल्लो भन्ने गरिन्छ । अल्लोको पुवालाई प्रसोधन गरेर धागो बनाइन्छ । उक्त धागोबाट कोट, सल, झोला, पर्स र सजावटका सामग्री बनाउन सकिन्छ । बिशिष्ट व्यक्ति र विदेशी पर्यटकहरुले अल्लोका कपडा प्रयोग गर्छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...