बेनीमा रु. दुई लाख पुरस्कार राशीको म्याग्दी भलिबल कपको तयारी तिब्र

Gandaki Ghumau

बेनी, । बेनीमा यही असार ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को तयारी तिब्र पारिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगिता म्याग्दी जिल्ला भलिबल संघले आयोजना गरेको हो । संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगिताको तयारी तिब्र बनाएको बताउनुभयो ।

प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बाँनियाले बताउनुभयो । बिजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख तथा तेस्रो हुने टिमले नगद रु. ५० हजार तथा चौथो हुने टिमले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हरेक टिममा १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको खर्च समेत आयोजकले गर्ने गरी तय भएको म्याग्दी जिल्ला भलिबल संघका महासचिब कुमार किशानले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन असार ७ गते संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री खम बहादुर गर्वुजाले गर्ने तय भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...