
पाउद्धार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा शुक्रबारदेखि शुरु भएको तालिम १० दिन सम्म सञ्चालन हुनेछ् । २२ जना सहभागी तालिमको अन्नपूूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले उद्घाटन गर्नुभयो ।

वडा अध्यक्ष राजेश तिलिजा पुनको अध्यक्षता र कार्यालयका प्रमुख अमृत कडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्थानीय स्रोत साधनको उपभोग, सिप विकास, रोजगारी सिर्जना र आयआर्जन वृद्धिको उद्देश्यले तालिम आयोजना गरिएको कार्यालय प्रमुख कडेलले बताउनुभयो ।

तालिममा मालिका गाउँपालिका २ रुमकी उद्यमी मनकुमारी पुुनले अल्लो संकलन, प्रसोधन, धागो बनाउने सम्बन्धी सिप प्रदान गर्नुहुनेछ् ।
