बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि अभिमुखीकरण

Gandaki Ghumau

बेनी, । म्याग्दीका पाँच वटा स्थानीय तहमा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दी र कदम म्याग्दीको आयोजना तथा सम्बन्धीत स्थानीय तहहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

जेठ १२ गते मालिका, १४ गते मंगला, १८ गते रघुगंगा, २३ गते धवलागिरी गाउँपालिका र २९ गते बेनी नगरपालिकामा पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कदम म्याग्दीले जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

कार्यक्रममा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले पालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा हालसम्मको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । सुरक्षा निकायका प्रतिनिधीहरुले बालअधिकार सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

बालमैत्री स्थानीय शासनको अवधारणा, कानुनी पक्ष, बालमैत्री स्थानीय शासनका ५१ सूचक सहित यसको कार्यान्वयनमा पालिकाले अवलम्बन गर्नुपर्ने कार्यनीतिका बारेमा जिल्ला समन्वय समिति म्यागदीका शाखा अधिकृत अमृत सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

यस कार्यक्रम पश्चात उल्लेखीत ५ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम समेटेर नेपाल सरकारले २०८७ सम्म स्थानीय तहलाई बालमैत्री स्थानीय तह घोषणा गर्न लिएको लक्ष्य पछ्याउदै बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगला र धवलागिरी गाउँपालिका स्तरीय कार्यक्रम जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख दिलकुमारी खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत शाखा प्रमुखहरु, लैगिक उत्तरदायी शिक्षक प्रतिनिधी, महिला स्वास्थ्य स्वमसेविका र सामुदायिक सिकाई केन्द्रका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...