जलजलामा उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

लामाखेत, पर्वतको जलजला गाउँपालिकामा बिहिबार उद्यम नवप्रर्वद्धन शिविर सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई दिने शिविर आयोजना गरिएको हो ।

व्यवसायिक योजनाका आधारमा उत्कृष्ट २० मा परेका उद्यमीहरुलाई ब्यवसायमा नयाँ ज्ञान, सिप र शैली तथा प्रबिधीको प्रयोग गर्ने सिप सिकाउने उद्देश्यले शिविर आयोजना गरिएको दायित्व संस्थाका गण्डकी प्रदेश कार्यक्रम संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो ।

Shreekrishna

प्रशिक्षक लालप्रसाद अर्यालले शिविरको सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा सहभागी कमला बानिया थापा र समबहादुर तिलिजाले प्रतिस्पर्धामा व्यवसाय टिकाउन र सफलता हाँसिल गर्ने सैद्धान्तिक सिपलाई ब्यवहारमा प्रयोग गर्ने बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमी छनौट भएका थिए ।

छनौट भएका उद्यमीहरुलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरी मंगलबार सम्मान गरिएको थियो । उक्त अवसरमा उद्यमीहरुलाई न्युनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार नगद सहयोग समेत प्रदान गरिएको छ ।

छनौट भएका उद्यमीहरुलाई भोटिङ मार्फत २५ प्रतिशत र ७५ प्रतिशत उद्यमको अवस्थाबारे स्थलगत अनुगमन गरेर एक महिनाभित्र उत्कृष्ट १० उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो ।

उत्कृष्ट १० मा छनौट हुने उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि ५० प्रतिशत साझेदारी रहने गरी जनही नगद रु एक लाख ५० हजारका दरले पुरक अनुदान दिइने जनाइएको छ । त्यसैगरी पालिकाभरबाट सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु एक लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनामा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धीत पालिकाको सहकार्यमा जलजला संगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...