विशिष्ट पाहुनाको रोजाईमा भुरुङ्ग–तातोपानीको नेचुरल स्पिरिङ होटल

Gandaki Ghumau

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको ‘होटल नेचुरल स्पिरिङ’ विशिष्ट पाहुनाहरुको रोजाईमा पर्न थालेको छ ।

बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले दुई वर्षअघि सञ्चालनमा ल्याउनुभएको सुविधायुक्त यस होटलले मुस्ताङ जाने आउने पाहुनाहरुलाई सेवा दिदै आएको छ ।

बेनी–जोमसोम कोरला सडक भएर म्याग्दी हुदै मुस्ताङ जाने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत लगायतका नेताहरु मंगलबार साँझ उक्त होटलमा बास बस्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya


यसअघि गत हप्ता अन्नपूर्ण हिमाल आरोहणको ७५ औ वार्षिकोत्सवको अवसरमा नारच्याङमा आयोजित समारोहमा भाग लिन आएकी नेपालका लागि फ्रान्सका राजदुत भिरजिनी कोर्टोभल, संघीय सरकारका कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी लगायतका पाहुनाहरु पनि यहाँ बास बस्नुभएको थियो ।

करिब आठ रोपनी क्षेत्रफलमा फैलिएको छ तलाको भवनमा सञ्चालन भएको यस होटलमा एक एकै पटक करिब दुई सय जनालाई बास बस्न सक्ने क्षमता रहेको सञ्चालक हमालले बताउनुभयो । दुई वटा स्विट सहित डिलक्स, एसी सुविधा भएका कोठाहरु छन् ।

शान्त वातावरण, शितल हावापानी रहेको भुरुङ्ग तातोपानीको उक्त होटलका सबै कोठाबाट कालीगण्डकी नदी र निलगिरि हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल धवलागिरि क्षेत्रकै ठूलो मानिएको छ ।

भुरुङ तातोपानी बजारका साना–ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...