पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा प्रचण्ड

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

भुरुङ्ग– तातोपानी ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा स्नान गर्नुभएको छ ।

कालीगण्डकी किनारमा प्राकृतिक रुपमा ५० डिग्री सेल्सीयसमा निस्कने तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेपछि प्रचण्डले ‘रिफ्रेस फिल’ गरेको प्रतिक्रिया दिनुभयो । माओवादी केन्द्रका महासचिव देव गुुरुङ, केन्द्रिय सचिव दिनानाथ शर्मा, गण्डकी प्रदेश सहईञ्चार्ज हरिराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुुर जुग्जाली, हरिबहादुुर भण्डारी, प्रदेश सहसचिव टेकबहादुर बिक र सचिवालयको टोली सहित बिहान ५ः३० बजे कुण्डमा पुुगेका प्रचण्डले करिब ४५ मिनेट पोखरीमा बिताउनुभयो ।

Shreekrishna

जनतासँग माओवादी अभियान अन्तर्गत मुुस्ताङका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि प्रचण्ड मंगलबार साँझ पोखरा बेनी हुदै पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा आएर होटल नेचुरल स्पिरीङमा बास बस्नुभएको थियो । होटलका सञ्चालक राजुु हमालले प्रचण्डलाई नौमति बाजाले स्वागत गराउनुभएको थियो ।

तातोपानी कुुण्डका सञ्चालक अमृतमान शेरचन र लट्टेगिरीले तातोपानीको विशेषताको बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष प्रचण्डले तातोपानी कुुण्ड स्नानका क्रममा वि.स. २०७६ मा दिवंगत श्रीमति सिता दाहालको उपचारका लागि बेनी नगरपालिका ४ मा रहेको अर्को तातोपानी कुण्डमा स्नानका लागि आएको स्मरण गर्नुभयो ।

तातोपानी कुण्ड स्नान गर्न आएका स्थानीय सर्वसाधारणहरुसँग उहाँले भलाकुुशारी पनि गर्नुभएको थियो । एकाबिहानै प्रचण्डलाई तातोपानी कुण्डमा भेटाउँदा अचम्म लागेको अन्नपूूर्ण गाउँपालिका–२ का टेकबहादुर बिकले बताउनुभयो ।

“प्रधानमन्त्री भइसकेका बिशिष्ट व्यक्तिलाई तातोपानी कुुण्डमा सामान्य हिसाबले भेट्न पाउँदा मलाई अनौठो लाग्यो,” उहाँले भन्नुभयो “बिशिष्ट व्यक्तिसँग भेट्दा र भलाकुुशारी गर्न पाउँदा खुुसी लाग्यो ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रचण्डलाई माओवादीका वैकल्पिक केन्द्रिय सदस्य रेशम बहादुुुर जुग्जालीले अन्नपूूर्ण गाउँपालिका–६मा रहेको पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रको भ्रमणको निम्तो दिनुभयो । घोडेपानी पुनहिल भ्रमणका लागि गरेको निम्तो प्रचण्डले स्विकार गर्नुभएको जुग्जालीले बताउनुभयो ।

उहाँले दन्द्धकालमा घोडेपानी पुनहिल, भुुरुङ–तातोपानी–दोवा हुदै तत्कालीन माओवादीका नेता रामबहादुुर थापा (बादल) लगायतलाई पुुर्वबाट पश्चिम हिडाएको स्मरण गराउनुभयो । प्रचण्डले भारत र चिन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको भुरुङ्ग तातोपानी खण्डको अवलोकन गर्दैै निर्माणमा गति र पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

तातोपानी कुुण्ड देखि बास बसेको होटलमा पैदल हिडेर जाने क्रममा बाटोमा मुुस्ताङबाट फर्कदै गरेको रौतहटका सर्वसाधारणहरुले भेट । बाटोमा गाडी रोकेर उनिहरुले प्रचण्डसँग केही समय कुराकानी गरेका थिए ।

बेनी–जोमसोम सडक, अन्नपूूर्ण चक्रीय पदयात्रा र मुुस्ताङ भ्रमणमा जाने पाहुनाहरु भुरुङ्ग–तातोपानी कुुण्डमा स्नान गरेर थकान मेटाउने गर्छन । तातोपानीमा शरिर डुबाएर स्नान गर्दा शारिरिक स्फर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महशुस गर्छन् ।

बेनी–जोमसोम सडकको छेउमा तातोपानी संकलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान छ देखि साँझ आठ बजेसम्म स्नान गर्न सकिन्छ ।

कुण्डमा स्नानका लागि स्वदेशीलाई रु. ५० र बिदेशीलाई रु. एक सय ५० प्रवेशशूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ रु. ६४ लाखमा मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...