परिक्षा मार्फत एन्जलहार्टमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट

Gandaki Ghumau

बेनी, । काठमाडौको मनमैजुमा रहेको एन्जल हार्ट एजुकेशन फाउण्डेशनले कक्षा ११ र १२ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौटका लागि मंगलबार बेनीमा परिक्षा सञ्चालन गरेको छ ।
फाउण्डेशनले शैक्षिक सत्र २०७१ देखि देशका विभिन्न ९ स्थानमा प्रवेश परिक्षा सञ्चालन गरेर छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट गर्दै आएको छ । एन्जल हार्टका सहायक प्रिन्सीपल दिल बुढाथोकीले सामाजिक उत्तरदायित्वका रुपमा हालसम्म ८० जनालाई छात्रवृत्तिमा उनिहरुले चाहेको विषयमा कक्षा ११ र १२ निशूल्क पढाएको जानकारी दिनुभयो ।

बेनीको प्रवेश परिक्षामा ४२ जना एसइई परिक्षा दिएका विद्यार्थी सहभागी थिए । बागलुङ, म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ, गोरखा, काठमाडौ, रसुवा र नुवाकोटका हरेक वर्ष एक÷एक जना छात्र÷छात्रालाई छात्रवृत्ति सुवीधा दिने गरिएको उहाँले बताउनुभयो ।

Gunasthariya Shiksya

“छात्रवृत्ति सुविधा पाउने विद्यार्थी सहभागि हुने परिक्षाको प्रश्नपत्र तयार पार्ने र उत्तरपुस्तिका जाँच्ने कार्यमा विद्यालयको संलग्नता हुदैन,” सहायक प्रिन्सीपल बुढाथोकीले भन्नुभयो “पारदर्शी हिसाबले खुल्ला प्रतिस्पर्धा गरेर सक्षम, प्रतिभावान विद्यार्थी छनौट गर्दै आएका छौ ।”

Shreekrishna

आगामी शैक्षिक वर्षका लागि म्याग्दी सहित बागलुङ, पर्वत मा पनि आवेदन परिक्षा सञ्चालन भएको र अन्य जिल्लामा सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो । कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायको ३५ वटा विषयको पठनपाठन हुने यस विद्यालयमा स्पोट्स एकेडेमीको कोर्स पनि पढाई हुन्छ ।

स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन हुने यस शैक्षिक संस्था अन्तर्गत दुई हजार पाँच सय विद्यार्थी छन् । स्नातक पढ्ने विद्यार्थीहरुलाई पनि छात्रवृत्ति सुविधाको कार्यक्रम ल्याउने योजना रहेको भ्वाइस प्रिन्सपल बुढाथोकीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...