प्रधानमन्त्रीको उपस्थितिमा आज नारच्याङमा अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदै

Shreekrishna hardware

बेनी, ः अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विबिध कार्यक्रमका साथ अन्नपूर्ण आरोहण हिरक महोत्सव मनाइदैछ् ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

Shreekrishna

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हिरक जयन्तिको सबै तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो । यसअघि काठमाडौ, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रधानमन्त्री ओलीले पहिलो आरोही हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुल्ला संग्रहालय र मौरीस हर्गोज पदमार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले बताउनुभयो ।

काठमाडौबाट हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुगेर उद्घाटन गरेपछि प्रधानमन्त्री ओली नारच्याङ वेशीमा आयोजना गरिएको मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सहभागि हुने कार्यतालिका छ ।

आधार शिविर देखि नारच्याङ बेशी सम्म म्याराथुन दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रतियोगितामा ४२ जना धावकहरुले सहभागिता जनाएका छन् । हिरक जयन्तिको अवसरमा जेठ १७ देखि १९ गतेसम्म नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा गरिएको थियो ।

प्रथम आरोही मौरिसका हर्जोगका छोरा माथिएस, बुहारी र नाती सहित १४ जना विदेशी पाहुनाहरुले सोमबार साँझ अन्नपूर्ण आधार शिविरमा सांगितिक प्रस्तुति गर्नुभएको थियो । हर्जोगका परिवारका सदस्य सहित दुई सय जनाको पदयात्रा टोली आइतबार नारच्याङ देखि आधार शिविर गएको थियो ।

पाहुनाहरुको स्वागतमा नारच्याङमा मौलिक मादले, मारुनी नाच, सोरठी गित प्रस्तुत र लोक नृत्य प्रतियोगिता गरिएको छ । जेठ १७ गतेदेखि मनाउन शुरु गरिएको अन्नपूर्ण आरोहण दिवस जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...