लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा तीन पत्रकार सहित सात जनालाई सम्मान

Shreekrishna hardware

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बिहिबार म्याग्दीका तीन जना पत्रकार सहित सात जनालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियोगिता एवम् प्रथम गण्डकी लोक तारा– २०८२ को जिल्ला अडिसन कार्यक्रमको अवसरमा सम्मान गरेको हो ।

Shreekrishna

सम्मानीत हुनेमा पत्रकारहरुमा सन्तोष गौतम, साधन राम्जाली र दलप्रसाद विश्वकर्मा (अमित) रहनुभएको छ । व्यवसायी जिवनबहादुर विश्वकर्मा, प्रतिष्ठानका केन्द्रिय सचिव तारानाथ आचार्यलाई सम्मानका साथै कलाकार करण कडेल र निशा भण्डारीलाई नवप्रतिभा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रतिष्ठानका केन्द्रिय सचिव आचार्य, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), प्रतिष्ठानका अध्यक्ष धु्रब जिसी र पुर्व केन्द्रिय सदस्य धनकुमारी थापाले दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

Ban devision notice

सम्मानित पत्रकार गौतम राष्ट्रिय समाचार समिति, अन्नपूर्ण पोष्ट दैनिक, रिखार दैनिक पत्रिका र धौलागिरि खबर डटकममा आवद्ध हुनुहुन्छ । राम्जाली गोरखापत्र दैनिक र अमित म्याग्दी प्रेसमा आवद्ध हुनुहुन्छ ।

म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विश्वकर्माले लोकदोहोरी गितको प्रर्वद्धनमा सहयोग गर्दै आउनुभएको छ । नवप्रतिभा अवार्डबाट सम्मानित कलाकार कडेल र भण्डारीको पछिल्लो घुमि घुमि बोलको गितले चर्चा कमाएको छ ।

म्याग्दी जिल्लाको कला, संस्कृति संरक्षण र विकासमा पु¥याएको योगदान वापत सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष जिसीले बताउनुभयो । नगर प्रमुख केसीले लोक संस्कृतिको संरक्षणका लागि प्रतिभाको पहिचान र प्रर्वद्धनका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै त्यसमा नगरपालिकाले साथ दिने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...