गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

Gandaki Ghumau

बेनी, । गणतन्त्र दिवसको अवसरमा बेनीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिको समन्वयमा म्याग्दी जेसीज, प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दीको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा २४ जनाले रक्तदान गरेका छन् ।

Gunasthariya Shiksya

गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका कार्यबहाक प्रमुख डिलकुमारी खत्रीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा जारी जेसीज सप्ताहको अवसरमा रक्तदान कार्यक्रमको म्याग्दी जेसीजले संयोजन गरेको थियो ।

Shreekrishna

जिल्ला स्थित सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, म्याग्दी जेसीजका सदस्य एवं सर्वसाधारणबाट संकलन भएको २४ पिन्ट रगतलाई प्रदेश अस्पताल बेनीमा उपचार गर्न आउने विरामीहरको लागि प्रयोग गर्ने प्रयोजनका लागि नेपाल रेडक्रस सोसाइटी अन्गर्तत रहेको रक्तसञ्चार केन्द्रमा राखिएको छ ।

रक्तदान गर्नेहरुलाई जिसस म्याग्दीका कार्यबहाक प्रमुख खत्री, बेनी नगरपालिकाका मेयर सुरत केसी, नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापति अमर बानियाँ, म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्री लगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने कार्यक्रम संयोजक मञ्जुर कटुवालले सञ्चालन गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...