टिकटक देखि युट्युब ट्रेडिङ सम्म तहल्का गीत बाटो भिरको

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

चर्चित शब्द संगीत संकलक शिव अखेली र गायक सुर्य खडका र निसा के सि को स्वरमा रहेको मार्मिक बोलको लोकगीत ‘बाटो भीरको’ गीतले पछिल्लो समय युट्युब, टिकटक र फेसबुकमा धमाका मच्याएको छ । नेपाली लोकसंगीतको स्वाद फेरि जनजनमा पुर्‍याएर उमेर समूहका मानिसहरूले भोग्नुपर्ने जिम्मेवारी, अपहेलना र सम्झनाको भावनालाई शब्दकार तथा संगीतकार शिव अखेलीले यथार्थपरक र हृदयस्पर्शी ढंगमा उतारेका छन् । संगीत संयोजन तारानाथ आचार्य, निर्देशन र छायांकन दुर्गा पौडेल, सम्पादन नविन घर्ती मगरले गरेका छन् । अभिनयमा सूर्य खड्का, स्मारिका ढकाल तथा सफल सापकोटाको सशक्त टिमवर्कले गीतलाई थप जीवन्त बनाएको छ । गायक सूर्य खड्का, सर्जक शिव अखेली र संगीत संयोजक आचार्य तीनैजना बागलुङका हुन् जुन जिल्लालाई लोकगीत र मौलिक संस्कृतिको उर्वरभूमिका रूपमा चिनिन्छ । यसअघि पनक सहकार्य गरेका सुपर हिट गीत ‘दरबार’, ‘ढुङ्गेधारा’, ‘नैना रेशम’ लगायत थुप्रै हिट गीतमार्फत सफल भइसकेको छ । गीत सूर्य खड्काको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । हाल गायक सूर्य जापान, सर्जक अखेली यूरोप र गायिका निशा क्षेत्री अस्ट्रेलियामा रहेका छन् । भौगोलिक दूरीले होइन, भावना र सिर्जनाले सँगै रहेका उनीहरूको गीतले अहिले लाखौं नेपालीको मन छोइरहेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

‘बाटो भीरको’ गीत न केबल एक मनोरञ्जन हो, यो उमेर, समय र अनुभवको गहिरो दस्तावेज हो जसले नेपाली लोकसंगीतलाई नयाँ धार दिँदै विश्वभर छरिएका नेपालीहरूलाई आफ्नै माटोको सुगन्ध सुनाइरहेको छ । यतिबेला यस गीत युटयुब देखि टिकटक सम्म अत्याधिक मन पारिएको छ । सेन्टिमेन्टल रहेको यस गीतमा हरेक उमेर समुहका व्यक्तिले आँसु झार्दै आफ्ना भावना पोखिरहेका छन् साथै दर्शक दिर्घबाट धेरै राम्रो प्रतिक्रियाहरू बर्सिरहेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...