दिपक माविका विद्यार्थी च्याउखेतीमा

Gandaki Ghumau

बेनी ः बेनी नगरपालिका–१० पात्लेखेत स्थित दिपक माध्यमिक विद्यालयका विद्यार्थीहरुले च्याउ खेती थालेका छन् ।

कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रुपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका हुन् । विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान सिप सिकाउने र उद्यमशिल बनाउने उद्देश्यले बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रमको सहयोगमा च्याउ खेती गरिएको दिपक माविका प्रअ बिष्णु ढुङ्गानाले जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार टुक्रा पारेको २० भारी पराल आइतबार बिहान पकाएर एक सय ५० वटा पलास्टिकको थैलामा च्याउको बिउ सहित विद्यालय परिसरको हाल प्रयोगबिहिन रहेको पुरानो वडा कार्यालय भवनमा सेड बनाएर राखेका हुन् ।

Shreekrishna
Gunasthariya Shiksya

उत्पादन भएको च्याउ विद्यालयको दिवा खाजामा प्रयोग गर्ने, बढी भएको स्थानीय र सदरमुकाम बेनी बजारमा बेच्ने विद्यालयको योजना छ । विद्यार्थीहरुलाई बेनी नगरपालिकाका कृषि प्राविधिक दिब्या बरालले च्याउ खेती प्रबिधी सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिनुभएको थियो ।

हामी सक्छौ, हामी गर्छौ कार्यक्रम मार्फत दिपक माविका ४६ जना विद्यार्थीहरुलाई आर्थिक वर्ष २०८०÷०८१ मा भित्तेलेखन र २०७९÷०८० मा वायरिङ सम्बन्धी तालिम दिइएको थियो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा दिपक मावि सहति बेनी नगरपालिकाका १६ वटा सामुदायिक विद्यालयलाई हामी सक्छौ, हामी गर्छौ कार्यक्रम सञ्चालन भएको छ ।

विद्यार्थी र शिक्षालाई सिप र श्रमसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले प्रत्येक विद्यालयलाई रु. एक÷एक लाख सहयोग गरेको छ । दक्ष, सिपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...