लेकगाउँका स्व. चन्द्रबहादुरको स्मृतिमा विद्यालयमा अक्षयकोष

Gandaki Kotihome

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँमा रहेको क्रान्ति आधारभूत विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग गर्नुभएको छ ।

स्व. बुवा चन्द्रबहादुर पाईजा पुन, आमा स्व. धनमती पाइजा र दिदी स्व. जमुना पाईजाको स्मृतिमा नारच्याङ घर भई हाल अमेरिका निवासी गणेश पाईजा र उहाँकी श्रीमती माया पाईजाले क्रान्ति आधारभूत विद्यालयमा रु. तीन लाख एक हजार पाँच रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

गणेश र मायाले शनिबार अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर पुन, क्रान्ति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर पुर्जा र प्रअ मिनकुमारी गर्बुजालाई नगद हस्तान्तरण गर्नुभएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

साविक नारच्याङ गाविस वडा नं.–२ का पुर्व वडा अध्यक्ष स्व. चन्द्रबहादुरले पञ्चायतकालमा पनि जनप्रतिनिधीको भूमिका निर्वाह गर्नुभएको थियो । वि.स. १९९४ फागुन ५ गते जन्मनुभएका पाईजा पुनको वि.स. २०७८ माघ २१ गते स्वर्गारोहण भएको थियो ।

चन्द्रबहादुरले उहाँको कार्यकालमा साविक वडाका जनताहरुले नारच्याङ लेकगाउँ स्थित पाकटिरी भन्ने क्षेत्रमा सल्लाको विरुवा वृक्षारोपण गरी करिब १० रोपनी क्षेत्रफलमा फैलिएको सल्लेरी बन विद्यालय र संरक्षण व्इवस्थापन उपसमितिलाई हस्तान्तरण गर्नुभएको थियो ।

वृक्षारोपणमा सहभागी आफ्ना दुई भाई छोराका परिवार बाहेक ४२ घरपरिवारलाई प्रतिघर रु. दुई हजारका दरले रु. ८४ हजार र क्रान्ति आधारभूत विद्यालयलाई रु. २० हजार सहयोग गर्नुभएको थियो । चन्द्रबहादुरका छोरा गणेश र बुहारी मायाले नारच्याङको प्रभा माविलाई साउण्ड सिस्टम सहयोग गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...