प्रशारण लाइन निर्माणमा प्राविधिक त्रुटि

Shreekrishna hardware

बेनी, म्याग्दीको राहुघाट वेशिनमा निर्माणको अन्तिम चरणमा पुगेका चार वटा जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रशारण लाइन बनाएका छन् ।

जलविद्युत आयोजनाहरुले डाडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनी २२० केभी क्षमताको प्रशारण लाइनको तार पर्ने र दुई वटा प्रशारण लाइनको तारको दुरी मापदण्ड भन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तर देखि दक्षिण दिशातर्फ आउने आयोजनाहरुको र पश्चिम देखि पुर्व दिशातर्फ जाने डाडाखेत–राहुघाटको प्रशारण लाइन एक आपसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रशारण लाइनको तार कम क्षमताको लाइन भन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तार देखि २२० केभीको तलको तार बीचको दुरी चार दशमलब पाँच हुनुपर्ने मापदण्ड छ ।

Shreekrishna

म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्न नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।

Ban devision notice

डाडाखेत–राहुघाट प्रशारण लाइनको ‘एपीटु’ र ‘एपीथ्रि’ नम्बरको टावरको बिचमा जलविद्युत आयोजनाहरुले बनाएको प्रशारण लाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण शुरु भएको डाडाखेत–राहुघाट प्रशारण लाइन निर्माणमा ढिलाई भएपछि एक सय ३० दशमलब आठ मेगावाट क्षमताका चार वटा आयोजनाले अम्बाङको सवस्टेशनको विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनमा जोड्न पिप्ले देखि तिल्केनीचौर सम्म वैकल्पिक प्रशारण लाइन बनाएका हुन् ।

राहुघाट वेसीनमा ३७.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना परिक्षण उत्पादनको तयारीमा छन् । डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत आयोजनाहरुले समन्वय नगरी मापदण्ड विपरित जथभावी रुपमा टावर बनाएर प्राविधिक हिसाबले त्रुटीपूर्ण प्रशारण लाइन बनाएका बताउनुभयो ।

“जलविद्युत आयोजनाहरुले हाम्रो लाइन मुनी बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरेपनि अटेरी र बेवास्ता गरेका छन,” उहाँले भन्नुभयो “१३२ केभी भन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनिहरुलाई समस्या पर्ने अवस्था आएको हो ।”

यस बिषयमा प्रतिक्रिया लिन ठूलोखोलाका प्रतिनिधी गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मंगले–राहुघाटको प्रर्वद्धक तुदी पावरका प्रतिनिधी इन्द्र ढकाललाई सम्पर्क गर्दा उहाँहरुले फोन उठाउनुभएन् । तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सीनाले सहमती अनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...