शवदाह स्थल निर्माण शुरु

Gandaki Kotihome

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शवदाह स्थल निर्माण शुरु भएको छ ।

बेनी नगरपालिकाले कालीगण्डकी स्वच्छताका लागि पूर्वाधार निर्माण गर्ने योजना अनुसार शवदाह स्थल निर्माण थालेको हो । नगरपालिकासँग रु. ५३ लाख पाँच हजार दुई सय १७ मा ठेक्का सम्झौता गरेको एसके कन्ट्रक्सनले शवदाह स्थलको संरचना बनाउने काम शुरु गरेको हो ।

कालीगण्डकी स्वच्छता कार्यक्रम शिर्षकमा संघीय सरकारले बेनी नगरपालिकालाई चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. ६० लाख विशेष अनुदान पठाएको थियो । नगर उपप्रमुख ज्योती लामिछानेले कालीगण्डकी नदीको स्वच्छताका लागि शवदाह स्थललाई ब्यवस्थित र सुरक्षित बनाउन भौतिक संरचनाहरु निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“कालीगण्डकीको घाटमा शव दाह स्थल व्यवस्थित नहुँदा फोहोरका साथै मलामीहरुलाई जोखिम र समस्या भएको छ,” उहाँले भन्नुभयो “संरचनाहरु निर्माण भएपछि विशेष गरेर बर्खायाममा म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढ्दा पनि सहज र सुरक्षित रुपमा शवदाह मिल्ने अपेक्षा गरेका छौ ।”

हाल ढुङ्गामाथी चिता बनाएर शवदाह गरिन्छ । शवदाह गर्ने निश्चित ठाउँ छैन् । कालीगण्डकीमा शवदाह गर्दा मृतकको आत्माले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । बेनी बजार र आसपासका क्षेत्रबाट दोभानमा शव दाह गर्न ल्याउने गरिन्छ ।

सोही योजना अनुसार दोभानमा यसअघि निर्माण भएको हेलिप्याडलाई प्रयोगमा ल्याउन मिल्नेगरि संरचना बनाउन थालिएको छ । धुलो उडेर ल्याड गराउन र उडाउन समस्या भएकाले हेलिप्याड प्रयोगमा आउन सकेको छैन् । धुला नउड्ने गरेर संरचना बनाउन लागिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...