गौस्वारामा गोर्वद्धन महायज्ञ

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धन महायज्ञ सञ्चालन भएको छ ।

मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा यही वैशाख १३ गतेदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ् । महायज्ञ अन्तर्गत मंगलबारसम्म रु. ४४ लाख ३५ हजार तीन सय ४९ नगद संकलन भएको आर्थिक व्यवस्थापन उपसमिति संयोजक हिराबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिकाबाट रु. १० लाख र वडा नं.–२ को कार्यालयबाट पाँच लाख भौतिक निर्माणका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता प्राप्त भएको छ । दिपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ ।

Upper Myagdi transmition line notice

स्थानीय गाई संरक्षणका लागि गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र बनाउने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आर्थिक स्रोत जुटाउने र गौस्वाराको विशेषताको बारेमा प्रचारप्रसार गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य दिर्घप्रसाद रिजालले बताउनुभयो ।

Annapurna aarohan ko notice

समुन्द्रि सतहदेखि करिब दुई हजार एक सय मिटर उचाईमा रहेको गौस्वाराको महायज्ञ स्थलबाट हिमशृङखला, म्याग्दी, पर्वत र बागलुङको ग्रामिण बस्तीहरुको अवलोकन गर्न सकिन्छ । सो स्थानमा टाढाबाट देखिने गरेर गोर्वद्धनको मुर्ती राख्ने योजना छ ।

आयुर्वेद औषधीय हिसाबले महत्वपूर्ण स्थानीय रैथाने गाई संरक्षण गर्न गौशाला सञ्चालन गर्न लागिएको सदस्य रिजालले बताउनुभयो । गाईको गहुँत र गोवर आयुर्वेद औषधी तयार पार्न कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ ।

गौस्वारा नजिकैको जंगलमा धेरै प्रकारका जडिवुटीहरु पाइन्छन् । जडिवुटीहरुको अनुसन्धान गरि प्रयोगमा ल्याउने अनुसन्धान केन्द्रको उद्देश्य हो । महायज्ञमा सुदर्शन बडालले कथा बाचन गर्नुभएको छ ।

कमलनयनाचार्यको अगुवाईमा बागलुङको पञ्चकोट धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । पञ्चकोटसँगै गौस्वारालाई पनि धार्मिक पर्यटकीय गन्तब्य बनाउने कमलनयनाचार्यको योजना छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...