मल्लाज–पोखरा सम्पर्क समाजद्धारा भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । मल्लाज–पोखरा सम्पर्क समाजले जलजला गाउँपालिका–३ मल्लाजमा रहेको भगवति मन्दिर परिसरमा आराम बेञ्च निर्माण गरेको छ ।

समाजले रु. एक लाख दश हजार खर्च गरेर निर्माण गरेको ३७ मिटर लामो फलामको आराम बेञ्च मंगलबार हस्तान्तरण गरिएको छ । समाजका अध्यक्ष तथा जिल्ला मालपोत कार्यालय म्याग्दीका पूर्व प्रमुख क्षेत्रबहादुर केसीको नेतृत्वमा रहेको टोलीले जनप्रतिनिधीको रोहबरमा आराम बेञ्च हस्तान्तरण गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
Shreekrishna

वडा अध्यक्ष एकिन्द्रबहादुर खत्रीको रोहबरमा मल्लाज भगवति मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष शान्ति जिसी र सचिव नविन जिसीलाई बेञ्च हस्तान्तरण गर्नुभएको थियो । बेञ्च निर्माण भएपछि मल्लाज भगवति मन्दिर दर्शन र पुजाआजा गर्न आउने भक्तजन तथा स्थानीयबासीलाई सहज भएको छ ।

जलजला गाउँपालिकाको मल्लाज घर भई विभिन्न पेशा व्यवसायको शिलशिलामा हाल पोखरामा बसोबास गर्नेहरु आवद्ध समाजको कोषमा रहेको रकम खर्चेर आराम बेञ्च स्थापना गरिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...