ट्याक खुलेको १४ वर्षपछि स्तरोन्नति हुदै खारा-बिम सडक

Shreekrishna hardware

बिम, ः ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडागाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो ।

गत असार महिनामा रु. ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रा.ली.ले सडक स्तरोन्तिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Shreekrishna

ठेक्काको अवधी दुई वर्षको रहेको छ । वि.स. २०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयबासीको चन्दा संकलनबाट खारा देखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो । हाल तीन दशमलब पाँच देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले बताउनुभयो ।

Ban devision notice

दरवाङ देखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुका धेरै तौलका सामान बोक्ने सवारी साधनहरु हिड्ने र क्षति पुग्ने भएकाले खारा देखि बिम तल्लो गाउँ हुदै डाडागाउ सम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १(२) बाट निर्वाचित रेशम बहादुुर जुग्जाली (सुविन)ले बताउनभयो ।

जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु. चार करोड बजेट बिनियोजन गरेर बहुुबर्षीय ठेक्का लगाउन रु. २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु. एक करोड ५० लाख मात्र बिनियोजन भएको छ ।

सडकको शनिबार अनुगमन गर्नुभएका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तिब्रता दिन निर्देशन दिनुभयो । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ ।

यो सडकबाट मालिका गाउँपालिका–७ को साविक बिम गाविस, धवलागिरी गाउँपालिकाको वडा नं. –५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुुने खाराका बासिन्दा वुद्धी जुग्जालीले बताउनुभयो ।

धार्मिक पर्यटकीय स्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुु लगायत कृषि उपज बिक्री, आवत जावतमा सहज बनाउन र बसाई सराई कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...