म्याग्दीका गर्बुजालाई सिचाई राज्यमन्त्रीको जिम्मेवारी

Gandaki Kotihome

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

गर्बुजालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

वैशाख १० गते प्रधानमन्त्री ओलीले रापेछापबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पूर्णबहादुर तामाङलाई उर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट हटाएपछि उक्त पद रिक्त थियो । उक्त मन्त्रालयको मन्त्रिको जिम्मेवारीबाट काँग्रेसका नेता दिपक खड्काले सम्हाल्नु भएको छ ।

Upper Myagdi transmition line notice

रघुगङ्गा गाउँपालिका–४ दग्नाममा जन्मनुभएका ६० वर्षीय गर्बुजा वि.स. २०७९ मा भएको निर्वाचनमा २४ हजार २९ मत ल्याएर बिजयी हुनुभएको थियो । नेपाली काँग्रेसबाट उमेद्वार बनेका गर्बुजा वि.स. २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा एमालेका नवराज शर्मा र २०७४ मा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) र एकिकृत समाजवादीको सहयोगमा तेस्रो पटकको प्रयासमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई तीन हजार आठ सय ३२ को मतान्तरले पराजित गर्दै प्रतिनिधीसभा सदस्य बनेका गर्बुजाले सांसद बनेको पहिलो कार्यकालमै राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको हो ।

Annapurna aarohan ko notice

गर्बुजा वि.स. २०६७ देखि नेपाली काँग्रेस म्याग्दीको सभापतिको जिम्मेवारीमा हुनुहुन्छ । काँग्रेस म्याग्दीको वि.स. २०७७ मा भएको पाँचौ जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि सर्वसम्मत सभापति चयन हुनुभएको थियो ।

यसअघि उहाँ एक कार्यकाल काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी हुनुहुन्थ्यो । बेलायती सेनाका सेवा निवृत सैनिक गर्बुजा वि.स. २०५४ देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ।

गर्बुजाले संघीय सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएकोमा जिल्लाबासी खुसी र उत्साही भएका छन् । गत पुष २८ गते आठौ म्याग्दी महोत्सव उद्घाटन गर्न आउनुभएका नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुर्नगठनका क्रममा म्याग्दीबाट मन्त्रि बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

गर्बुजा राज्यमन्त्री भएको मन्त्रालयको क्षेत्राधिकारमा नदी नियन्त्रण, सिचाई आयोजना र जलविद्युत क्षेत्र पर्छ । जलविद्युतमा प्रशस्त सम्भावना रहेको म्याग्दीमा नदी नियन्त्रण चुनौतिपूर्ण बनेको अवस्थामा जिल्लाका जनप्रतिनिधीले विभागिय मन्त्रालयको जिम्मेवारी पाउँदा आशा पलाएको छ ।

अन्य मन्त्रालयमा पनि पहुँच पु¥याएर जिल्लामा बिकास योजना तथा बजेट भित्र्याउन राज्यमन्त्री गर्बुजाले भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसअघि अघिल्लो कार्यकालमा नेकपा एमालेकी थममाया थापाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

अघिल्लो कार्यकालमा म्याग्दीका एमालेका नेता नरदेवी पुनले करिब तीन वर्ष गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । यही कार्यकालमा म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले करिब नौ महिना गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...