घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

Gandaki Kotihome

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ ।

बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ अन्तर्गतको महिला उद्यमी समिति गठन भएको छ ।
महासंघको निवर्तमान अध्यक्षमा अमर बानिया, बरिष्ठ उपाध्यक्षमा लोकनाथ रेग्मी, उपाध्यक्षमा डम्बरबहादुर कार्की (हरि), महासचिवमा दुर्गालाल कडेल र कोषाध्यक्षमा राधिका सापकोटा चयन हुनुभएको छ ।

Annapurna aarohan ko notice

सदस्यहरुमा कोषान्द आचार्य, प्रेम नेपाली, रेशम बानिया, कुलबहादुर बोहोरा, चन्द्रा घले, सुरेश ढुङ्गाना र कमल पौडेल चयन हुनुभएको छ । महिला उद्यमी समितिको निवर्तमान अध्यक्षमा राधिका सापकोटा, वरिष्ठ उपाध्यक्षमा गंगा घर्ति क्षेत्री, उपाध्यक्षमा लिलादेवी पुन, महासचिवमा कमला सुवेदी र कोषाध्यक्षमा संगिता श्रेष्ठ चयन हुनुभएको छ ।

Upper Myagdi transmition line notice

सदस्यहरुमा मस थजाली, शोभा सेन, तिलकुमारी पुन, मनकुमारी पौडेल, राधा बानिया, कोपिला बानिया र नन्दकली बुढाथोकी रहनुभएको छ । अधिवेशनको महासंघका गण्डकी प्रदेश उपाध्यक्ष लिलाराम गौतमले उद्घाटन गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...