
बेनी, । म्याग्देली कलाकारहरुले तयार पारेको लोक दोहोरी गित ‘घुमी, घुमी’ म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका करन कडेलको शब्द रहेको गितको स्वरमा उहाँलाई निशा भण्डारी कडेलले साथ दिनुभएको छ । दिनेश ढकाल र निशा भण्डारी कडेलले निर्माण गर्नुभएको गितको म्युजिक भिडियोमा कडेल र सरिता धनकोटीको अभिनय छ ।

करनको युट्युव च्यानलबाट सार्वजनिक भएको गितमा दिपक शर्माको संगित छ । मंगला र रघुगंगा गाउँपालिकामा छायांकन भएको म्युजिक भिडियोको निर्देशन धु्रब जिसीले गर्नुभएको हो । घुमी घुमी गित माया प्रेमको विषयबस्तुमा आधारित छ ।

बाबियाचौरको मंगला माविमा कृषि प्राविधिक विषयको अध्यापन गराउने कडेलले यसअघि पनि धेरै गित बनाउनुभएको छ । यसअघि उहाँले तितेपाती पञ्जेबाजा, पानीको गाग्री कम्मरमा लोकपप, पढ्छु कोरियन भाषा लगायतका गितमा शब्द रचना गर्नु र स्वर दिनुभएको छ ।
