
बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरि गएराती श्रीमतिको हत्या गरेका छन् ।
पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी घर भई हाल मंगलाघाटको आरनटोलमा बस्ने राजु बिकले दाउरा प्रहार गर्दा श्रीमति २७ वर्षीय भगवति बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरि अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

घरायसी विषयमा बिवाद हुँदा राजुले श्रीमतिको टाउकोमा दाउरा प्रहार गरेका भगवतिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
