पिपलबोट–पोक सडक स्तरोन्नति योजना सञ्चालन

Gandaki Kotihome

बाबियाचौर, ः ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ ।

मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला गाउँपालिका–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक वि.स. २०६८ मा मार्ग खुलेको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. तीन करोड २७ लाख बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि रु. दुई करोड १७ लाखमा डिभाइन लाईफ–आचार्य–मंगला जेभीले ठेक्का लिएको छ ।

Shreekrishna hardwear in news

ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।

Notice about ban dadalo

उहाँका अनुसार नौ सय ४५ घनमिटर पलम (पक्कि) पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।

सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ ।

हाल कच्चि, साघुुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर–पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो ।

गत वर्ष रु. एक करोड तीन लाखमा म्याग्दी रारा कन्ट्रक्सनले ठेक्का लिएको यस आयोजना मार्फत शेराफाट क्षेत्रमा सडकलाई ९ मिटर फराकिलो बनाउने, ग्रेड र मोड सुधार गर्ने, पर्खाल, नाली निर्माण गरि ग्राभेल गरिएको छ । नाली र टेवा पर्खाल सहितको तीन सय मिटर सडकलाई सात मिटरका दरले ग्राभेल भएको थियो ।

पिपलबोट हुदै वडाको केन्द्र पाखु धारा, सिरकुम र छिसवाङ हुदै दरवाङ जोड्ने सडक छन् । यो सडकलाई बेनी–दरवाङ सडकको दरवाङ–बाबियाचौर खण्डको बैकल्पिकका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...