तल्लो दरवाङ भित्रि बाटो स्तरोन्नति योजनाको सार्वजनिक सुनुवाई

Shreekrishna hardware

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएर सडक विस्तार गरेका छन् ।

मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजना मार्फत सडक फराकिलो पार्न स्थानीयबासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफै अग्रसर भएर पेटी र टहरा भत्काएर सडकलाई फराकिलो बनाएका बताउनुभयो ।

सडक विस्तार र स्तरोन्नतिका क्रममा प्रभावित क्षेत्रका घरधनीको अवरोध र बिवादका कारणले प्रभावित भएको अवस्थामा दरवाङको तल्लो बजारमा बासिन्दाले उदाहरण प्रस्तुुत गरेका उहाँले बताउनुभयो ।

Shreekrishna

यसअघि तीन दशमलब पाँच मिटर फराकिलो सडकको दायाँवायाका संरचना हटाएर पाँच दशमलब पाँच मिटर फराकिलो बनाइएको उपभोक्ता समितिका अध्यक्ष दोरण शेरचनले जानकारी दिनुभयो । दरवाङ बजारको अर्को टोलमा पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित सडक विस्तार आयोजना प्रभावित क्षेत्रका केही घरधनीको बिवादका कारण प्रभावित बनेको छ ।

Ban devision notice

उपभोक्ता समितिका सचिव कृष्णप्रसाद आचार्यले सडक फराकिलो बनाउने, नाली र टेवा पर्खाल निर्माणको काम सम्पन्न भएको बताउनुभयो । “हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुुङ्गे पुलतर्फ सडकको दाया र बाया करिब चार सय मिटर लामो नाली निर्माण भएको छ,” उहाँले भन्नुभयो “मालिका गाउँपालिकाले रु. ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले रु. पाँच लाख ४१ हजार आठ सय ३३ श्रमदान गरेका छन् ।”

रु. ४९ लाख बजेट बिनियोजन भएकोमा रु. एक लाख ४७ हजार कन्टेन्जेन्सी घटाएर उपभोक्ता समितिले अनुदान पाएका हुन् । पक्कि नाली निर्माण भएपछि ढलान र कालोपत्र गरेर अर्को वर्ष सडकलाई पक्कि बनाउन प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

सडक बिस्तार भएपछि सवारी साधन आवत जावत सहज भएको छ । तीन सय बढी घर रहेको दरवाङ बजारको अन्य टोलमा यसअघिका वर्षमा पक्कि नाली र सडक निर्माण भएको थियो ।

उपभोक्ता समितिले बुधबार दरवाङमा एक कार्यक्रमको आयोजना गरेर योजनाको आम्दानी खर्च विवरण सार्वजनिक गरेका छन् । २०८१ फागुन ४ गते सम्झौता भएको योजना २०८२ वैशाख ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

उपभोक्ता समितिको सक्रियताका कारण लक्ष्य अघिनै योजना सम्पन्न भएको हो । मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्तीपुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, योजना अधिकृत सोमबहादुर केसी, पूर्वाधार शाखाका प्रमुख दिपक सापकोटा लगायतको उपस्थितिमा सार्वजनिक सुनुवाई गरिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...