संघीय निजामती सेवा ऐन जारी गर्न माग

Gandaki Kotihome

बेनी, ः राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल, म्याग्दीले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संघीय संसद सचिवालयमा ११ बुदे ज्ञापनपत्र पठाएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष सोमबहादुर खत्री, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुमन सुवेदी र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, म्याग्दीका अध्यक्ष त्रिविक्रम शर्माले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

विगतमा कर्मचारी संगठनहरुसँग सरकारले गरेको सम्झौता कार्यान्वयनका लागि राष्ट्रिय स्तरका टे«ड युनियनको माग र सुझावका आधारमा संघीय निजामती सेवा ऐन छिटो ल्याउन माग गरिएको छ ।

प्रतिनिधीको विषयगत समिति र उपसमितिमा छलफल भएपनि ऐन जारी गर्ने प्रक्रीयामा ढिला भएकोमा कर्मचारी संगठनहरुले दुख व्यक्त गरेका छन् ।

सबै तहमा कार्यरत कर्मचारीहरुलाई समान हिसाबले ब्यवहार हुनुपर्ने, टे«ड युनियन अधिकारको सुनिश्चित गर्न, सेवा अवधी र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको ब्यवस्था गर्नुपर्ने, कर्मचारीको सरुवा प्रणालीमा चक्रीय बनाउनुपर्ने लगायतका माग रहेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ ढकालले पत्रलाई तत्काल संसद सचिवालयमा पठाउने प्रतिवद्धता जनाउनुभयो । कर्मचारीप्रति सम्मान हुने गरि नागरिकको सेवालाई प्राथमिकता दिएर कार्यसम्पादन गर्न प्रजिअ ढकालले संगठनका प्रतिनिधीहरु मार्फत कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...