आयोजकको पोल्टामा दोस्रो ‘जेपिसी’ कप

Gandaki Kotihome

दरवाङ, रु. एक लाख ५० हजार पुरस्कार राशीको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।

दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनलमा दुखुबेशीको टिमलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै जेपिसी बिजयी भएको हो ।

Notice about ban dadalo

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित रु. एक लाख ५० हजार र रु. ८० हजार प्रदान गरिएको क्लवका अध्यक्ष कुशल घर्तिले जानकारी दिनुभयो । मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोका, कार्यपालिका सदस्य दलबहादुर खड्काथोकी, क्लवका संस्थापक अध्यक्ष दोरण शेरचनलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

अनुशासित बिकु फ्यामिली, सेमीफाइनलबाट बाहिरिएका निस्कोट बेशी र एभरग्रिन युवा क्लवले रु. १०÷१० हजार पुरस्कार पाएका छन् । उत्कृष्ट खेलाडी घोषित दुखुका दिपेश जुग्जालीले रु. छ हजार पुरस्कार पाउनुभयो ।

जेपिसीका अन्जन खत्री उत्कृष्ट गोलरक्षक, डिफेन्डर जेपिसीका क्षितिज जिटी र सर्वाधिक गोलकर्ता निस्कोट बेशीका भुवन घर्तिलाई रु. पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिएको छ । नव वर्ष २०८२ को अवसरमा वैशाख २ देखि शनिबारसम्म दरवाङमा सञ्चालन भएको प्रतियोगितामा २५ टिमको सहभागिता थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...