अनेमसंघ क्रान्तिकारीको बेनी नगर अध्यक्षमा सोनिया

Gandaki Ghumau

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारी बेनी नगर कमिटिको अध्यक्षमा मैनादेवी राई (सोनिया) चयन हुनुभएको छ ।

बेनीमा शनिबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा लक्ष्मी सापकोटा, राजकुमारी परियार, सचिवमा सुजता किसान, सहसचिवमा रन्जु किसान र कोषाध्यक्षमा मिना खड्का चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद रेशमबहादुर जुग्जाली, अनेमसंघ क्रान्तिकारी म्याग्दीको अध्यक्ष तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, माओवादी केन्द्रका बेनी नगर अध्यक्ष नगेन्द्र केसी, सचिव ओम रोका लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको थियो ।

Shreekrishna

सुजता किसानले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष अम्बिका ढुङ्गानाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...