हेमन्त कान्छा र देवी घर्तीले ल्याए ‘जानै लाग्यो बैँस रिमई’

Gandaki Kotihome

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ  । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् । 

राजकुमार बगरका शब्द रहेको गीतमा गायक स्वयमकै सङ्गीत छ।  गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।

Notice about ban dadalo

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथा छ। एकिन्द्र शाराशंकरको निर्देशन रहेकाे भिडियोमा करण चैसियारको छायाङ्कन, प्रवीण भट्टको सम्पादन छ ।

Shreekrishna hardwear in news
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...