अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान

Gandaki Ghumau

बागलुङ, । धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ अधिवेशनबाट निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ ।

यसैगरी संघद्धारा प्रकाशन भएको वि.स २०८२ को भित्ते पात्रो पनि बिमोचन गरिएको छ । संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Gunasthariya Shiksya

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजनकुमार शाक्य, निवर्तमान अध्यक्ष नरेश कडेल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, नेपाल वितरण महासंघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुंगाना, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

उपाध्यक्ष हेमन्त बानियाले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष प्रकाश गौतमले समापन गर्नुभएको थियो । कार्यक्रममा बत्ताहरुले बिग्रदो व्यवसायिक स्थिति, युवाहरुको विदेश पलायन, मालसामानको ढुवानीमा ट्राफिक प्रहरीबाट हुने झञ्जट, विद्युतीय भुक्तानीमा अपनाउनुपर्ने साबधानी लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...