प्रशासनमा फारम भरेकाहरुलाई वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालियो

Gandaki Kotihome

ताकम, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएर राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्तिहरु परिचयपत्र लिन नआएपछि वडामै पुगेर वितरण गर्न थालिएको हो ।

गत साउन ४ गतेसम्म प्रशासन कार्यालयमा आएर फारम भरेका ३५ हजार जनाको राष्ट्रिय परिचयपत्र प्राप्त भएकोमा २१ हजार जना लिन आएका छैनन् । गृह मन्त्रालयबाट खटिएको घुम्ति टोलीले फारम भरेका ३६ हजार सात सय १० जनाको भने परिचयपत्र आएको छैन् ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले यो हप्ता धवलागिरी गाउँपालिका–७ ताकमको वडा कार्यालयमा पुगेर ५२ जनालाई परिचयपत्र र तीन सय जनालाई परिचयपत्रको नम्बर प्रदान गरिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“ग्रामिण क्षेत्रका सर्वसाधारणको सहजताका लागि प्रशासनको टोली परिचयपत्र र आवश्यक उपकरण सहित वडा कार्यालयमा पुगेर वितरण गर्न थालिएको छ,” उहाँले भन्नुभयो “परिचयपत्र लिनका लागि पनि दर्ता गर्दा जस्तै बायोमेट्रिक गर्नुपर्ने भएकाले स्वंम व्यक्ति उपस्थित हुनुपर्छ ।” अन्य वडामा पनि जनप्रतिनिधीहरुसँग समन्वय गरेर परिचयपत्र वितरण गर्न जाने उहाँले बताउनुभयो ।

Annapurna aarohan ko notice

फारम भरेपछि विदेशिएका र जिल्ला बाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएका हुन सक्ने प्रजिअ ढकालको भनाई छ । परिचयपत्र आएकाको मोवाईल नम्बरमा सन्देश पठाइएको हुन्छ । प्रशासनले पालिका र वडा कार्यालय मार्फत पनि परिचयपत्र लिन आउन सूचना जारी गरेको थियो । हालसम्म १४ हजार जनाले मात्र परिचयपत्र लगेका छन् ।

आवश्यक पर्ने र जिल्लाभित्र भएकाले अनुकुल समय मिलाएर प्रशासनमा आएर परिचयपत्र लैजान सक्छन् । गृह मन्त्रालयको टोलीले फारम भरेकाहरुको परिचयपत्र वितरणका लागि भने मन्त्रालयलेनै घुम्ती टोली खटाउने जनाइएको छ ।

प्रशासनमा राष्ट्रिय परिचयपत्र लिन आउने भन्दा बनाउनेको संख्या बढी रहेको छ । दैनिक फारम भर्ने ६५ देखि ७० जना र परिचयपत्र लैजानेको संख्या ३५ देखि ४० जना छ । सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको फारम, विवरण भर्ने र बायोमेट्रिकन गर्न आउँछन् । फारम भर्दा र परिचयपत्र लैजान व्यक्तिको आँखा, अनुहार, हात, औठाछाप आदिको विद्युतीय (डिजिटल) विवरण सङ्कन गर्ने आधुनिक प्रणाली बायोमेट्रिक हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...