मुस्ताङमा पहिलोपटक रगत ट्रान्सफुजन गरी सुत्केरीको ज्यान जोगाइयो

Gandaki Kotihome

जोमसोम, । प्रादेशिक अस्पताल जोमसोमा रगत अभावमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी एक सुत्केरीको रक्तदान गरी ज्यान बचाइएको छ ।

घरमै सुत्केरी भएपछि अचेत अवस्थामा अस्पतालमा ल्याइएकी २३ बर्षिया महिलालाई अस्पतालको इतिहासमै पहिलोपटक दुई पिन्ट रगत ट्रान्सफुजन गरी ज्यान जोगाइएको हो । रगत ट्रान्सफुजन यसअघि मुस्ताङमा भएको थिएन् ।

चैत २३ गते मध्यरातमा अस्पतालमा ल्याइएकी उनको पाठेघरको मुखमा गम्भीर चिरा परेको र शरीरमा हेमोग्लोबिनको मात्रा पाँच दशमलब पाँच थियो । अवस्था अत्यन्तै गम्भिर भएकाले अस्पतालका चिकित्सक टोलीले तत्कालै २ प्रिन्ट रगत सार्ने निर्णय लिएको थियो ।

Shreekrishna hardwear in news

कन्सल्टेन्ट मेडिकल जेनेरलिष्ट डा. विशाल सापकोटाको नेतृत्वमा डा. अनिषा गुरुङ, एनेस्थेसिया सहायक बालकुमारी राना, स्वास्थ्यकर्मी दिब्या जिसी र सुधा पौडेलको टोलीले उपचार गर्नुभएको थियो ।

Notice about ban dadalo

नविन थापा र शनिलाल बागदासले रक्तदान गर्नुभएको थियो । क्रस म्याचिङ कार्यमा अस्पतालको प्रयोगशालाका मैना थापाको टोली परिचालन भएको थियो । आमासँगै नवजात शिशूलाई पनि अस्पतालमा ल्याएर स्वास्थ्य परिक्षण र हेरचाह गरिएको थियो ।

उपचार पछि सुत्केरीलाई थप उपचारको लागि क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको र उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । “यो घटना एउटा चिकित्सा सफलता मात्र होइन,” डा. विशाल सापकोटाले भन्नुभयो “मुस्ताङ जस्तो दुर्गम पहाडी क्षेत्रमा आपतकालीन सेवा विस्तार र सामुहिक समर्पणको उदाहरण पनि हो ।”

प्रादेशिक अस्पताल जोमसोमल शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा, हाइड्रोसिल, हर्निया र एपेन्डीसको पनि शल्यक्रिया सेवा सञ्चालन गरेको छ । प्रसुती सेवा सञ्चालनका लागि तालिमप्राप्त स्टाफनर्सको अभाव भएको छ । निर्माणाधिन भवन पुरा नहुँदा सेवा प्रवाहमा चुनौति छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ताका लागि मुस्ताङका पाँच वटा स्थानीय तहहरुले मासिक रु. २० हजारका दरले उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको चिकित्सकहरुले गुनासो गरेका छन् ।

दरबन्दि अनुसारका चिकित्सक, स्वास्थ्यकर्मी, पूर्वाधार र उपकरणको कमीका बावजुद पनि पछिल्लो समय जोमसोम अस्पतालले सञ्चालन गरेको सेवालाई निरन्तरता दिनका लागि सरोकारवालाहरुले चासो, साथ र सहयोग गर्नुपर्ने आवश्यकता छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...